जबर्जस्ती करणी अभियोगमा पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७७

स्याङ्जा । स्याङ्जामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३८ वर्षीय रमेश भन्ने मैते बिक पक्राउ परेका छन् ।

पीडिततर्फबाट जाहेरी आधारमा बिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

धादिङ घर भई पोखरा महानगरपालिका नयाँगाउँ बस्दै आएका विक केही महिनादेखि कामको सिलसिलामा स्याङ्जा आएको बताइएको छ । उनले गत कात्तिक २६ मा ती बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोग छ ।

आरोपित मैते बिकविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width