अर्थमन्त्री पौडेललाई आफ्नै क्षेत्रमा कालोझण्डा

विक्रम खड्का
मंसिर १०, २०७७
kalo jhanda aa

बुटवल १० मंसिर । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नै निर्वाचन क्षेत्र बुटवलमा कालोझण्डाको समना गर्नु परेको छ । अर्थमन्त्री भएपछि पहिलो पटक बुटवल आएका पौडेललाई मन्त्रीसंग प्रदेशको राजधानी साटेको भन्दै कालोभण्डा देखाईएको हो ।

उनलाई कालोझण्डा देखाएर विरोध जनाउनेहरु अधिकाश नेपाली कांग्रेसका कार्यकर्ताहरु रहेका छन् । उनीहरुले राजधानीका विषयमा बुटवलमा भएको आन्दोलनमा साथ नदिएको, राजधानी दाग दिएर मन्त्री पद लिएको आरोप लगाएका थिए । रुपन्देहीको सैनामैनामा आयोजित कार्यक्रममा हिडेका मन्त्री पौडेललाई बुधबार विहानै बुटवलको पुलनजिकै कालोझण्डा देखाईएको हो ।

झण्डै एक सयको हाराहारीमा रहेको प्रर्दशनकारीहरुले हातमा कालोझण्डा लिएर उभिएका थिए । उनीहरुलाई देखेपछि मन्त्री पौडेलले गाडीबाटै हात हल्लाएका थिए । कडा सुरक्षा व्यवस्था सहित निस्किएका पौडेलले मुसुक्क मुस्कुराएर अगाडि बढेका थिए ।

प्रर्दशनकारीहरुले केहिबेर नारावाजी गरेका थिए । उनीहरुले शान्तिपूर्ण रुपमा विरोध प्रर्दशन गरेको बताएका छन् । प्रदेश राजधानीका विषयमा केहि समय अघि भएको आन्दोलनमा प्रर्दशनकारीहरुले मुख्यमन्त्री शंकर पोख्रेललाई ढुंगा प्रहार गरेका थिए । तर यस पटक आफुहरुको आन्दोलन शान्तिपूर्ण रहेको कांग्रेसका नेताहरुले बताएका छन् । मन्त्री पौडेल आज र भोलि रुपन्देहीका एक दर्जन बढी कार्यक्रमहरुमा पनि सहभागी हुदैछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width