स्याङ्जा, ९ मङ्सिर । व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई घाँसको बीउ वितरण गरेको छ । नगरपालिकाको पशुसेवा शाखाको समन्वयमा किसानलाई घाँसको बीउ वितरण गरिएको हो ।
पशुपालन गर्दै आएका किसानका उत्पादनमा सहयोग पुगोस् भनेर नगरपालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र सोही अभियानअन्तर्गत घाँसको बीउ वितरण गरिएको नगर प्रमुख भूपराज अधिकारीले बताए । नगर प्रमुख अधिकारीले भने, ‘दूध र मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार काम गरिरहेका छाँै, त्यसैले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिनाका साथै पशुपालनका लागि आवश्यक पर्ने घाँसको बीउ पनि वितरण गरेका हौँ ।’
नगरपालिका पशुसेवा शाखा प्रमुख सुशील अर्यालले दूध तथा मासुको उत्पादनलागत घटाउन उन्नत जातका घाँसको बीउ वितरण गरिएको जानकारी दिए । हिउँदे घाँसअन्तर्गत जै र वर्र्षम जातका घाँसका बीउ वितरण गरिएको पशुसेवा शाखाले जनाएको छ । नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु १५ का दरले अनुदान दिन थालेपछि उनीहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित हुन थालेका छन् ।
Related News
सम्बन्धित समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
गैंडाकोट नगरपालिकाले थाल्यो अनलाइनबाटै नागरिकता सिफारिस
प्रधानमन्त्रीसँग गोरखा नगरपालिकाले माग्यो साढे ३ अर्ब बजेट
अन्नपूर्णमा अख्तियारको अन्तरक्रिया
hero news full width
मुख्य समाचार
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०