ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई सिरक वितरण

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७७
Sirak

पोखरा, ९ मङ्सिर । कास्कीको मादी गाउँपालिका वडा नं ६ तप्राङका ज्येष्ठ नागरिक तथा विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको छ ।

पोखरा खरिकुना घर भई हाल हङकङमा रहेका समाजसेवी क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङको परिवारको आर्थिक सहयोग र पदमबहादुर तथा कुलकुमारी गुरुङ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा तप्राङका ४५ जना ज्येष्ठ नागरिक र विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको हो ।

कार्यक्रममा उक्त वडाका वडाध्यक्ष पसबहादुर बास्तोलाले ज्येष्ठ नागरिक र विपन्न परिवारको लागि बाँडिएको सिरकसँगै मानवीय रुपमा न्यानो माया पनि बाँडेको बताए । हरेक मानवले मानवीय धर्म पूरा गर्दै अर्को मानवको अनुहारमा खुशी खोज्न सके कोही पनि दुःखी हुन नपर्ने उनको भनाई थियो । बाँस्तोलाले वडाको समन्वयमा आर्थिक अवस्था कमजोर भएका ६० वर्ष माथिका र ७० वर्ष काटेका ज्येष्ठ नागरिकहरुको पहिचान गरेर सिरक वितरण गरिएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width