कास्कीमा ५५ सहित, गण्डकीमा ९१ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७७
covid 19 corona banner

पोखरा, ९ मंसिर । गण्डकी प्रदेशमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गोरखमा १७ जना, कास्कीमा ५५ जना, तनहुँमा ११ नजा, नवलपुरमा ५ जना, स्याङ्जामा २ जना र लमजुङमा एक जनामा संक्रमण देखिएको हो ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार २ सय ८१ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width