प्याराग्लाईडिङ दुर्घटनामा एकको मृत्यु एक घाईते

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७७
Paragliding

पोखरा, ८ मंसिर । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दिउँसो १ बजेतिर सराङकोटबाट उडेको फिस्टेल कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो ।

प्याग्लाईडिङमा चालक पोखरा–२८, कालिकाका ३८ वर्षीय राजु गैरे नेपाली र सावर काठ्माडौं बुढानिलकण्ठकी २८ वर्षीया शिला श्रेष्ठ थिए । नियमित ल्याण्ड गर्ने स्थानभन्दा करिव ५०० मिटर पर दुर्घटना भएलगत्तै चालकलाई मेट्रोसिटी अस्पताल लगिएकोमा मृत घोषणा गरिएको थियो ।

घाइते रहेकी प्याराग्लाईडिङ सवार श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width