गण्डकीमा ३० संक्रमित थपिए

Avatar आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७७

पोखरा, ८ मंसिर । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा १३ जना, नवलपुरमा ११ जना, गोरखा, तनहुँ र पर्वतमा २/२ जनामा संक्रमण देखिएको हो ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९१ पुगेको छ ।

हाम्रो सुझाव