जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–१९ लाई बचत तथा ऋण सहकारी संस्था लि. छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) ले प्रोबेसन ब्राण्ड प्रदान गरेको छ ।
गण्डकी क्लस्टर प्रथम अन्र्तगत रहेको जनसेवा सहकारीले नेफ्स्कुनको २९ औं वार्षिक साधारण सभाका अवसरमा उक्त ब्राण्ड सहकारीलाई प्रदान गरेको हो ।
नेफ्स्कुनले आफ्ना सदस्य संस्थाहरुको सुद्धृढीकरण र स्तरीकरणका लागि सञ्चालनमा ल्याएको गुणस्तर सुनिश्चितता कार्यक्रम (प्रोबेसन) अन्र्तगत कास्की जिल्लामै पहिलो पटक उक्त सहकारी संस्थाले ब्राण्ड प्राप्त गरेको हो ।
मिति २०७४ सालदेखि प्रोबेसन कार्यक्रममा सहभागी उक्त सहकारीसहित देशभरका ४० सहकारी संस्थाहरुले २९ औँ साधारण सभाबाट ब्राण्ड प्राप्त गरेका थिए ।
कास्की जिल्लाको पुरानो सहकारी संस्थाको रुपमा सञ्चालित जनसेवा सहकारी मिति २०५० भाद्र २१ गते तत्कालीन सहकारी प्रतिशक्षण तथा डिभिजन कार्यालय कास्कीमा २ नं मा दर्ता भएको संस्था हो ।
पोखरा–१९ कार्यक्षेत्र रहेको उक्त संस्थामा जम्मा १७८० जना शेयर सदस्य र कुल सम्पत्ति २६ करोडको रहेको सहकारीका व्यवस्थापक प्रेमसागर अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग
सुनकाे मूल्य १७०० ले घट्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
hero news full width
मुख्य समाचार
बालुवाटार छिरे विप्लव
विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फागुन २१, २०७७फेदीखोलामा मजदुरलाई परिचयपत्र
फागुन २१, २०७७सरकार–विप्लव सहमति : प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने
फागुन २०, २०७७सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
फागुन २०, २०७७