बलात्कारी बचाउन दौडधूप

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७७
rape attempt

नवलपरासी  । पश्चिम नवलपरासीमा १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने बलात्कारी बचाउन राजनैतिक दौडधूप भएको छ ।

ती बालिकालाई ७ जनाले सामूहिक बलात्कार गरेको भए पनि बालिकाले पहिचान गर्न सकेका २ लाई मात्र अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छ । तथापि ती २ लाई पनि पैसाको प्रलोभन देखाई मिलापत्र गर्न दबाब आएको बालिकाका आफन्तले गुनासो गरेका छन् ।

घटना मिलाउन राजनीतिक दलका स्थानीय नेताहरुले पटक–पटक दबाब दिने गरेको उनीहरुले बताएका छन् । पीडित बालिका र उनका आफन्तले दोषीमाथि कारबाही माग गर्दै प्रहरीमा उजुरी दिएको भएपनि पैसा दिएर घटना मिलाउन दबाब आएको हो ।

पाल्हीनन्दन २ की ती बालिकालाई गत विहीबार ७ जनाले सामूहिक सामूहिक बलात्कार गरेको आरोपमा २ लाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत राजिव श्रेष्ठले बताए ।

कात्तिक २७ गते रातिको समयमा घरदेखि बाहिर रहेको नलमा पानी लिन गएको अवस्थामा अचानक बालिकाको मुख खोपेर घरदेखि करिब ३ सय मिटर पर बगैँचामा लगि सामूहिक बलात्कार गरेको पीडित बालिकाकी आफन्तले बताएका छन् ।

भारतीय सीमासँग जोडिएको पाल्हीनन्दन २, अमानीगञ्जका १७ वर्षीय किसन केवट र सोही स्थानका १६ वर्षीय कृष्ण तेली गुप्ता सो अभियोगमा पक्राउ परेका हुन् ।

पहिला २ जनाले उठाएर बगैँचामा लगेको भएपनि पछि ७ जनाले पालैपालो सामूहिक बलात्कार गरेको पीडित बालिकाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

पीडकलाई कडा कारबाही गर्नुको सट्टा दलका स्थानीय नेताले पैसाको प्रलोभन देखाई पीडित परिवारलाई मिलापत्र गर्न दबाब दिँदै आएको पीडित बालिकाकी आमाले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width