गण्डकीमा २१ संक्रमित थपिए

Avatar आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७७

पोखरा, ७ मंसिर । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा १९ जना, तनहुँ र स्याङ्जामा एक/एक जनामा संक्रमण देखिएको हो ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ९ सय ५७ पुगेको छ ।