दिल्लीमा मात्रै एकैदिनमा ११८ जनाको मृत्यु

रासस
मंसिर ६, २०७७
Coronavirus_world_2

नयाँदिल्ली, ६ मङ्सिर : भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा १ सय १८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल ८ हजार १ सय ५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

सरकारी अधिकारीका अनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाको कुल संख्या ५ लाख १७ लाख २३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने ६ हजार ६ सय ८ रहेको अधिकारीले जानकारी दिएका छन् ।

कुल सङ्क्रमितमध्ये अहिलेसम्म ४ लाख ६८ हजार १ सय ४३ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ७५ जना सङ्क्रमणमुक्त भएका हुन् ।

भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९ सय ३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।  दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४ सय २५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ ।

भारतको दिल्लीमा केही समययता कोरोना भाइरसको सङ्क्रमण न्यून देखिएपनि अहिले पछिल्लो समयमा फेरी बृद्धि भएको छ ।  तीव्ररुपमा फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परीक्षण गर्ने क्रमलाई पनि तीव्रता दिएको अधिकारीले बताएका छन् ।  त्यसैगरी सार्वजनिकस्थलमा रहेका बेला मास्क नलगाउनेलाई दुई हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि ५ सय मात्रै रहेको जरिवानालाई एकाएक बृद्धि गरेर २ हजार बनाइएको हो ।  त्यस बाहेक अन्य पनि धेरै प्रयास भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width