उद्यमी बन्न आलु बीउ

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७७

हेमजा । अन्नपूर्ण–६, लुम्लेस्थित कान्छीबराह बचत तथा ऋण सहकारी संस्थाले आलुको बीउ वितरण गरेको छ ।

सहकारीले सहकारीमा आवद्घ अति विपन्न र विपन्न शेयर सदस्यलाई उद्यमी बनाउने उद्देश्यले बीउ वितरण गरेको हो । गुड नेभर इन्टरनेशनलको आर्थिक सहयोग तथा नौलो घुम्तीको समन्वयमा ४० जना शेयर सदस्यलाई जनही ७५ केजीका दरले बीउ बाँडिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष चित्रबहादुर गुरुङले लुम्लेमा राम्रो कार्यको थालनी भएको चर्चा गर्दै कार्यक्रमले विपन्न शेयर सदस्यलाई उद्यमी बन्न प्रोत्साहन गरेको औँल्याए । त्यस अवसरमा वडा सदस्य लक्ष्मी देवकोटाले पनि बोलेकी थिइन् ।

सहकारी अध्यक्ष जौमाया देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव ममता देवकोटाले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width