गण्डकीमा ५२ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७७
covid 19 corona banner

पोखरा, ६ मंसिर । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा १२ जना, बागलुङमा ४ जना, लमजुङमा ५ जना, नवलपुरमा ११ जना, तनहुँमा १९ जना र स्याङ्जामा एक जनामा संक्रमण देखिएको हो ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ८ सय ७९ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width