मुक्तिनाथलाई युरोपियन माइक्रोेफाइनान्स अवार्ड

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७७
muktinath

पोखरा । मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड–२०२०’ मा विजेता घोषित भएको छ ।

बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन गरी सो अवार्ड प्रदान गरेको हो ।

उक्त अवार्डका लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र इथियोपियाको १/१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथले १ लाख यूरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिनेछ ।

मुक्तिनाथकले ४२ जिल्लामा रहेका १३८ ओटा शाखाहरुमध्ये ११८ ओटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

साना तथा लघु बैंकिङ्गअन्तर्गत १ लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिइरहेका छन् भने यो क्षेत्रमा १७ अर्बभन्दा बढी लगानी रहेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width