हेमजा । पुस्तकालय स्थापनाको लागि पृथ्वीनारायण क्याम्पस नेपाली विभागले बिहीवारसम्म ४ हजार बढी पुस्तक संकलन गरेको जनाएको छ । विभागले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणनार्थ विभागीय पुस्तकालय स्थापना थालेको हो ।
जसअन्र्तगत हाल गण्डकी प्रदेशका सृष्टाहरुबाट पुस्तक संकलन तीव्र पारिएको विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले जानकारी दिए। नेपालका विभिन्न स्थान लगायत जापान र बेलायतबाट समेत सृष्टाले पुस्तक हस्तान्तरण गरिसकेका छन्। पुस्तक संकलनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सँग पनि सहकार्य भइरहेको प्रमुख न्यौपानेले बताए।
क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले पुस्तकालय स्थापना कार्यलाई क्याम्पसले महत्वपूर्ण रुपमा हेरेको जनाउँदै यस वर्ष नेपाली विभाग र व्यवस्थापन संकायमा पुस्तकालय स्थापनाको तयारी तीव्र पारिएको जनाए । उनले प्राध्यापक, अनुसन्धान तह र नियमिततर्फका विद्यार्थीलाई पुस्तकालयले थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे।
साहित्यकार तीर्थ श्रेष्ठले पठन संस्कृतिको आफ्नै महत्व रहेको भन्दै त्यसमा विभागीय पुस्तकालयले महत्व राख्ने औँल्याए । उनले नेपाली भाषासँग सम्बन्धित सबै पुस्तक संकलन गर्न अधिकतम प्रयास गर्नुपर्ने बताए ।
पुस्तकालय संयोजक उपप्राध्यापक निर्मल सापकोटाले समालोचनात्मक तथा अनुसन्धानमूलक पुस्तकलाई संकलनक्रममा उच्च महत्वमा राखिएको स्पष्ट पारे।
पुस्तकालय स्थापनासँगै विद्यार्थी र प्राध्यापक प्रत्यक्षरुपमा विभागसँग जोडिने, पठन संस्कृतिको विकास हुने, नेपाली भाषा, साहित्य र संस्कृतिबारे अन्तक्र्रिया हुने विभागको विश्वास छ । पुस्तकालयलाई गण्डकी प्रदेशकै उदाहरणीय बनाउने लक्ष्य विभागले राखेको छ ।
त्यस्तै, विभागले संकलित पुस्तकलाई लेखक र पुस्तकको नाम तथा पुस्तक संख्या समेतको विवरण राखी व्यवस्थित गर्ने प्रयास थालेको जनाएको छ । पुस्तक संकलन अभियान निरन्तर जारी रहने पनि विभागले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
hero news full width
मुख्य समाचार
प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७