विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

Avatar आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७७

बुटवल । सरकारले प्रतिबन्ध लगाएको पार्टी विप्लवनेतृत्वको नेकपाका पाल्पा इञ्चार्ज पूर्णबहादुर सिंह पक्राउ परेका छन् ।

सांगठानिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मीनबहादुर आलेलाई बुटवलबाट बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रितमसिंह राठौरले बताए ।

पक्राउ परेकाहरुसँग बिफोस्टक पदार्थ र पार्टीको दस्तावेज समेत रहेको उनले बताए । पक्राउपछि उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको छ । साथै, उनीहरुविरुद्ध बिस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।