स्मीता र राजेश हमाल म्यूजिक भिडियोमासँगै

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७७
Malingo Cover

पोखरा । गायिका स्मीता दाहालले महानायक राजेश हमालसँग स्क्रिन सेयर गरेकी छन् । आफैँले गाएको गीतको म्यूजिक भिडियोमा दाहाल पहिलोपल्ट हमालको जोडी भएर देखिएकी छिन् । उनी नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।

‘मालिङ्गो’ बोलको गीतमा स्मीतासहित राजनराज शिवाकोटीको स्वर छ ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्‍याउने हकरको भूमिकामा देखिएका छन् ।

भिडियो निर्देशन सरोज ओलीले गरेका हुन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।

सुनिल क्षत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width