काठमाण्डौ, मंसिर ४: बहुराष्ट्रिय कम्पनी कोकाकोला र नेपाल रेडक्रस सोसाइटी को साझेदारीमा कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकको सुरक्षा अभिवृद्धिका लागि विभिन्न अस्पताल र स्वयंसेवकलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान आजदेखि शुरु भएको छ ।
विभिन्न अस्पतालमा प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीको कूल मूल्य करिब रु एक करोड ४० लाख बराबरको रहेको छ । यस साझेदारीअन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालमा एक-एक भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिनेछ ।
यो चरणको सामग्री वितरण अभियान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको समुपस्थितिमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरबाट शुरु गरिएको हो । कोकाकोलासँग समन्वय गरेर दोस्रोपटक सहयोग गरेकामा रेडक्रसको प्रशंसा गर्नुहुँदै मन्त्री ढकालले प्रत्येक प्रदेशका ठूला अस्पतालमा भेन्टिलेटरको व्यवस्था गर्ने योजनाअनुसार उपकरण पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
बुधबार सार्वजनिक स्वास्थ्य अध्यादेशले कोभिड महामारीसँगको लडाईंमा सहज हुने अपेक्षा राख्दै हस्तान्तरण समारोहमा मन्त्री ढकालले भन्नुभयो, “विभिन्न अभावकाबीच महामारीसँग लड्नुपर्ने हाम्रो बाध्यतामा सबै सरोकारवालाको साथ र सहयोग प्रशंसनीय रहेको छ ।” रेडक्रस र कोकाकोलाबाट उपलब्ध गराइएको सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजकर्णीकारलाई हस्तान्तरण गरे ।
रेडक्रसका कार्यवाहक अध्यक्ष शर्मिला कार्की, महामन्त्री पीताम्बर अर्याल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल तथा केन्द्रीय सदस्य दीपेन्द्र ढकाल, निर्देशक पवन गुप्ता र कोकाकोलाको तर्फबाट देशीय प्रतिनिधि इरिना कार्की तथा मानव संशाधन निर्देशक हरि शर्मा न्यौपानेको उपस्थिति थियो ।
आज हस्तान्तरण गरिएका सामग्रीमा सय थान सुरक्षा चस्मा, १२० बाकस सर्जिकल मास्क, १५० थान सुरक्षा पोशाक, ५० बाकस पञ्जा, केएन ९५ मास्क २०० वटा छन् । त्यसैगरी आगामी दुई साताभित्र सात प्रदेशका तोकिएका अस्पतालमा भेन्टिलेटर एक—एक थान सहित ४८ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स एक हजार छ सय थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ४०० र दश हजार जोडी पञ्जा हस्तान्तरण गरिने सो अवसरमा जानकारी दिइयो ।
ती सामग्री कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ ।
Related News
सम्बन्धित समाचार
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७