मकवानपुरमा ३ वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशंका

rss रासस
मंसिर ४, २०७७
police-850054_1280 (1)

मकवानपुर, मंसिर ४ः: पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

    • कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे

      सविन लामिछाने सविन लामिछाने फागुन १७, २०७७
      दमौली । नाइकेको विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि जिल्ला कारागार तनहुँबाट २५ कैदीबन्दी स्थानान्तरण गरिएको छ । आइतबार अपराह्न कारागारभित्र…
    • स्कुल टिकाउन विद्यार्थी वन्धक !

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा मादी गाउँपालिका वडा ६ बाट एक शिक्षक पक्राउ परेका छन् ।…
    • नाइकेको विषयमा कारागार भित्रै झडप

      सविन लामिछाने सविन लामिछाने फागुन १६, २०७७
      दमौली  । कारागारमा नाइकेको विषयलाई लिएर विवाद  हुँदा आइतबार तनहुँ जिल्ला कारागारमा २ कैदी समूहबीच झडप हुँदा  ६ जना  घाइते…
    • बलात्कारीलाई १८ वर्ष कैद

      rss रासस फागुन १४, २०७७
      सप्तरी, १४ फागुन । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८…
    • ‘भवितव्य’ भनिएको घटना हत्या   

      rss रासस फागुन १३, २०७७
      विराटनगर । मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ । साथीसँगै…

    hero news full width

    sanil ads

    wordlink ads