अफगानिस्तानको फरयाब प्रान्तमा प्रहरी प्रमुखसहित ५ जनाको हत्या

रासस
मंसिर ३, २०७७
afghan

काबुल, मंसिर ३ : अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको एक हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको एक समाचारमा जनाइएको छ ।

फरयाब प्रान्तको कराकुल भन्ने जिल्लामा सडक किनारामा राखिएको बम विस्फोट गराएर आतंककारीहरुले एकजना प्रहरी प्रमुखसहित पाँच जनाको ज्यान लिएका हुन् । उक्त जिल्लामा सवारी साधनलाई लक्ष गरेर सडकको किरानामा बम राखिएको थियो ।

त्यो बम विस्फोट हुदा सवारीमा रहेका रहेका कराकुल जिल्लाका प्रहरी प्रमुख मोहमद विदार मारिएका छन् ।
उनी सहित सो आक्रमणमा परेर अरु चार जनाको पनि ज्यान गएको फरयाब प्रान्तका प्रान्तीय प्रमुखले बुधबार एक समाचारमा जनाएका छन् ।

फरयाब प्रान्तका प्रहरी प्रवक्ता अब्दुल कारिमले सो घटनाको पुष्टि गरेको बताइएको छ । उनले कराकुल जिल्लाका प्रहरी प्रमुख मोहमद विदारीको विस्फोटमा परेर ज्यान गएको स्थानीय सञ्चारमाध्यहरुहलाई जानकारी दिएका हुन् ।

सो विस्फोटक हमलाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन । तर अफगानिस्तानको सुरक्षा निकायले भने सो हमलामा तालिबानी समूहका लडाकूहरुको हात रहेको अनुमान गरेका छन् ।

उक्त तालिबानी समूहले पनि यस घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया भने दिएको छैन । तालिबानीहरुले युद्धविराम गरेर अफगानिस्तानको सरकारसँग वार्ता गरेको भनिएको भए पनि यता अफगानिस्तानमा हिंसा गर्न भने छोडेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width