कोभिड-१९: आज १,४४२ जनामा संक्रमण पुष्टि, ३,५३८ डिस्चार्ज, १२ को मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७७

काठमाण्डौ, मंसिर ३: आज देशभर १,४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकमा कोराना संक्रमितको संख्या २१२,९१७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा  ३,५३८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या  १८२,७८० पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या २८,८७८ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा  १२  जना कोराना संक्रमितले ज्यान गुमाएका छन् । देशमा हालसम्म ज्यान गुमाउनेको संख्या १,२५९ पुगेको छ ।