बसबाट खस्दा घाइते

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७७
Accident

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पुमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा तनहुँको म्याग्दे गाउँपालिका वडा ७ का १६ वर्षीय सोनम थापा हुन् ।

मंगलबार गोरखाबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख ४६७ नम्बरको बसबाट यात्रु ओह्राल्ने क्रममा गुडिरहेको बसको अगाडिको ढोकाबाट खस्दा थापा घाइते भएका हुन् ।

नको थर्पुस्थित म्याग्दे पोलिक्लीनिकमा सामान्य उपचारपछि थप उपचारका लागि मेट्रो सिटी अस्पताल, पोखरा रेफर गरिएको थियो ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width