अरिङ्गाल टोकाइले मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७७

अरिङ्गाल टोकाइले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ को छोरीको मृत्यु भएको छ ।

तिहारमा पुतलीबजार नगरपालिका वडा १४, लामागेमा अरिङ्गालले चिल्दा घाइते भएकी उनकी १३ वर्षीया छोरी अतिथि गैह्रेको पोखरामा उपचारक्रममा सोमबार साँझ मृत्यु भएको हो ।

दिवंगत अतिथि गैह्रेको दाहसंस्कार गरिँदै । तस्वीर सौजन्य: जगदीश लामिछाने

भाइटीका लगाउन तल्लो घरमा जानेक्रममा नजिकैको रुखका अरिङ्गालले उनीसहित अर्की बालिकालाई टोकेको थियो ।

टोकाइबाट घाइते उनीहरुलाई तत्कालै उपचारार्थ पोखरा ल्याइएकोमा उपचारक्रममा अतिथिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width