झण्डै ४ लाखसहित १२ जुवाडे पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७७
crime

नवलपरासी ।
पश्चिम नवलपरासीमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।

बर्दघाट नगरपालिका २, चिसापानीमा रहेको धु्रव भण्डारीको रोयल कटेज होटेलबाट प्रहरीले होटल सञ्चालक सहित १२ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ३ लाख ८७ हजार ९ सय ६५ रुपैयाँ नगद, ४ बुक तास बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सबैलाई अनुसन्धान थाली कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width