दुर्घटनामा एक महिलाको मुत्यु

Avatar सविन लामिछाने
मंसिर ३, २०७७

जिल्लाको व्यास नगरपालिका वडा ५ मानहुँकोट जाँदै गरेको माईक्रो दुर्घटना हुँदा एक महिलाको मुत्यु भएको छ ।

पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख२ ९४२ नम्बरको हायस मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट खोल्सामा पोखरा महानगरपालिका तल्लो गगनगौडाकी २८ वर्षीया सुनिता गुरुङ मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनको उपचारको क्रममा दमौलीस्थित रहेको रत्नहरि अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुद्र्यटनामा परेर पाँच जना घाइते भएका छन् । उनीहरुको रत्नहरि अस्पतालमा उपचार जारी रहेको छ । मानहुँकोट पुग्ने बेला ढलान गरिएको उकालोमा ब्याक भएर उक्त दुर्घटना भएको बताइएको छ । माईक्रो सडकदेखि अन्दाजी ६ सय मिटर तल खसेको छ ।