सङ्घर्षमा कलम साहित्य समाजले खुला कविता प्रतियोगिता सञ्चालन गरेको छ । संस्थाले वार्षिक कार्यक्रमलाई भौतिक रुपमा निरन्तरता दिन नपाएकाले भर्चूअल खुला कविता प्रतियोगिता आयोजना गरेको हो ।
वार्षिक स्रष्टा सम्मान अन्तर्गत १० शृङ्खलामा वाङ्मयिक साधक २० जना, १७ समाजसेवी र राष्ट्रसेवी सत्पात्रलाई संस्थाले सम्मान गरिसकेकोमा यस पटक उक्त सम्मान अर्पण गर्ने वातावरण नरहेकाले प्रतियोगिता आयोजना गरिएको संस्थाका महासचिव ओमकार लामिछाने बताउँछन् ।
प्रतियोगिताका सहभागीले कुनै माध्यमबाट प्रकाशन–प्रसारण नभएको बढीमा ३ सय शब्दको कविताको मौलिक भिडियोसँगै कविताको डिजिटल कपी, व्यक्तिगत विवरण, परिचय खुल्ने कागजको प्रतिलिपि र हालसालैको पासपोर्ट साइजको फोटो पठाउनुपर्ने जनाइएको छ ।
प्रारम्भिक छनौटमा परेका भिडियो संस्थाको आधिकारिक युट्यूब च्यानल ‘सक नेपाल’ मा अप्लोड गरिने र प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुनेलाई क्रमशः ११ हजार एक सय ११, ,, पाँच हजार पाँच सय ५५, तीन हजार तीन सय ३३ नगदसहित प्रमाणपत्र र बाँकीलाई उत्कृष्टताको प्रमाणपत्र प्राप्त हुने संस्थाका अध्यक्ष कृष्ण रानाभाट सारथिले जानकारी दिए ।
प्रतियोगिताका लागि मंसिर २५ गतेसम्म संस्थाको इमेल ठेगाना [email protected] जनाइएको छ ।
निर्णायकबाट माघ १ गते उत्कृष्ट १० कवि र माघ १० गते अन्तिम नतिजा घोषणा हुने संस्थाका उपाध्यक्ष पूर्ण नेपाली बताउँछन् ।
‘अन्तरमनका भावहरूको बन्न खोज्दै मलम, समावेशी आवाज हो यो सङ्घर्षमा कलम’ उद्घोषका साथ २०६५ सालदेखि नेपाली वाङ्मयको श्रीवृद्धिमा निरन्तर क्रियाशील सङ्घर्षमा कलमले संस्थाको मुखपत्रसहित विभिन्न साधकका दुई दर्जन बढी कृति प्रकाशन, चर्चा–परिचर्चा गरी सकेको छ ।
Related News
सम्बन्धित समाचार
नरोऊ मायालु…
मिलन समीरलाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार
यो दाजुको मिरमिरे आँखा, कस्तो मेरो बिगार्यो दिमाख
कलाकार धनबहादुर गायककाे निधन
देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’
hero news full width
मुख्य समाचार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७