नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा अराजकता, बेइमानी र कुशासन बढिरहेको भन्दै सरकारलाई जिम्मेवार बन्न खबरदारी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको १३ औं दिनको पुण्यतिथिमा पोखरामा आयोजित श्रद्वाञ्जली सभामा बोल्दै उनले उक्त खबरदारी गरेका हुन् ।
‘अहिले देश कठिन स्थितिमा छ,’ डा. महतले भने, ‘यसबेला नेपाली काँग्रेस एक भएर अघि बढ्नु आवश्यक छ ।’
‘बहुआयामिक व्यक्तित्व सूर्यबहादुर केसी यस पार्टीमा आइदिए हुन्थ्यो भन्ने धेरै अघिदेखि काँग्रेसको चाहना थियो,’ उनले भने, ‘उहाँ पनि चाहना नै राखेर आउनुभयो र हामीले उहाँलाई ससम्मान आमन्त्रित केन्द्रीय सदस्यता प्रदान गरेका थियौं ।’
पूर्व सांसद शुक्रराज शर्माले आफू केसीसँग पनि चुनावी मैदानमा उत्रिएको स्मरण गर्दै प्रजातन्त्रप्रतिको समर्पण भावलाई परिवारले पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
प्रदेश सांसद कुमार खड्काले देशलाई समृद्ध बनाउने उहाँको सपना पूरा गर्न परिवार र पार्टी दुवै लाग्नुपर्ने बताए ।
पूर्व मन्त्री यज्ञबहादुर थापाले उद्यमशीलतासँगै राजनीति पनि अगाडि बढाउन सकिने उदाहरणीय व्यक्तित्वको रुपमा स्व. केसी रहेको उल्लेख गरे ।
सभामा गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापा, पूर्व सभासद् शारदा पौडेल, नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभितयबहादुर अधिकारी, काँग्रेस कास्की क्षेत्र नं २ का सभापति माधवप्रसाद बास्तोला, क्षेत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापा, नेपाली काँग्रेस पोखरा ७ का इकाइ सभापति नवीन बराल लगायतले मन्तव्य राखेका थिए ।
नेपाली काँग्रेस पोखरा–१४ का सभापति बोधराज कार्कीले स्व. केसीको जीवनीबारे प्रकाश पारेका थिए ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव देवेन्द्र रानाभाटले गरेका थिए ।
परिवारका तर्फबाट पूर्व एसएसपी कृष्णबहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए ।
पोखरा ७ मुस्ताङचोक स्थित केसी निवासमा आयोजित श्रद्वाञ्जली सभामा पार्टीका नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको सहभागिता रहेको थियो ।
राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य र संचारलगायतका क्षेत्रमा योगदान पुर्याएका नेता केसीको ६३ वर्षको उमेरमा कात्तिक १७ गते स्वर्गारोहण भएको थियो ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
स्याङ्जाको बिरुवा–४ खुदीमा ६७ जना कांग्रेस प्रवेश
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
hero news full width
मुख्य समाचार
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७