काठमाडौँ, १ मङ्सिर । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाँड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
यस वर्ष मङ्गलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदैछन् । आज मङ्सिर २ गते पनि भाइटीका (किजापूजा) का लागि सरकारले सार्वजनिक बिदा दिएको छ ।
बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म खुल्ने जनाइएको छ । कोरोना महामारीका कारण देशभर विगत वर्षमा जसरी भाइटीका लगाउन भने मानिसलाई बाधा पुगेको थियो ।
Related News
सम्बन्धित समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
hero news full width
मुख्य समाचार
पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
फागुन २४, २०७७गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
फागुन २४, २०७७पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७