स्वास्थ्य बीमा पहुँच सर्वसाधारणसम्म पुग्नुपर्ने

भीमपाणि बराल
कार्तिक २८, २०७७
bima

लेखनाथ, २८ कात्तिक । स्वास्थ्य बीमा समितिमा हालैमात्रै कार्यकारी प्रमुखमा नियुक्त डा दामोदर बसौलालाई शुक्रबार पेसागत बीमा अभिकर्ता संघ शाखा कार्यालय एलआईसी पोखराले बधाई तथा स्वागत गरेको छ । उनी बीमा विषयमै पीएचडी हुन् । कार्यकारी प्रमुखमा नवनियुक्त बसौलाले आफ्नो कार्यकालमा स्वास्थ्य सुविधा सबै जनतामा पुग्ने गरी काम गर्ने र इतिहास रच्ने बताए ।

पेसागत बीमा अभिकर्ता संघ शाखा कार्यालय एलआईसी नेपाल पोखरा शाखा अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारी, एलआईसी पोखरा शाखा प्रमुख सुजित ठाकुरले आफनो कार्यकाललाई उदाहरणीय बनाउने गरी अवसर र चुनौतीका विषयमा लिन आग्रह गरेका थिए ।

सोही अवसरमा एलआईसी नेपाल पोखरा शाखाका पूर्व अध्यक्ष रुकबहादुर गुरुङ, पत्रकार भीमपाणि बराल, एजेन्ट नवराज दुरा, उमाकुमारी गुरुङ, उषाकुमारी गुरुङ र सल्लाहकार सुशील ढुंगाना लगायतले उनको सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । संस्था सचिव देवी तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा स्वागत सल्लाहकार गोविन्द खड्काले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width