पोखरा, २८ कात्तिक । छोटो समयमा आरोहण गर्न सकिने मर्दी हिमाल सहासिक पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएको बताइएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशद्वारा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भएको मर्दी हिमाल आरोहण विषयक अन्तक्र्रियामा वक्ताले पदयात्रासँगै हिमाल आरोहण पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएको बताए ।
सन् १९६१ मा पूर्वी मोहोडाबाट आरोहण गरिएको ५५८७ मि. उचाइको मर्दी हिमालको दक्षिणी पश्चिमी मोहोडाबाट आरोहणमा गएको सात सदस्यीय टोलीले पदयात्राक्रममा देखेका मानवीय अवस्था, रमणीय स्थल, वन्यजन्तु, चराचुरुङ्गी र आरोहणमा सम्भावना र चुनौतीबारे सो अवसरमा सचित्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका नि. सचिव रामकाजी श्रेष्ठले साहसिक पर्यटन प्रवद्र्धनमा मन्त्रालयको तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का कावा अध्यक्ष गोपिबहादुर भट्टराईले सन् १९५० मा मौरिस हर्जोगले नेपालका ८ हजारभन्दा उचाइका ८ हिमालमध्ये पहिलो अन्नपूर्ण आरोहणसँगै पोखराको पर्यटन विकास सुरु भएको इतिहास रहेको बताए ।
पदयात्रामार्गमा मोटरबाटो निर्माण कार्य बन्द गरी एड्भेञ्चर टुरिजमलाई जोगाउनुपर्नेमा जोड दिँदै उनले पदयात्रीसँग संकलन गरिने प्रवेश शुल्क स्थानीयको विकास तथा नयाँ गन्तव्यको प्रवद्र्धनमा खर्च गर्नुपर्ने बताए ।
पर्वतीय संग्रहालय सञ्चालक समितिका सदस्य जीवन सापकोटाले हिमचुचुराको प्रदेश प्रोफाईल बनाउनु पर्ने बताए ।
संघका गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले साहासिक पर्यटकको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशको पर्यटन विकासका लागि सम्वन्धित निकायले ध्यान पु¥याउनुको विकल्प नभएको बताए ।
दुईपटक सगरमाथा आरोहण गरेका खेमलाल गौतमले ४० भाषामा प्रकाशित एवम् ६० करोड बढी बिक्री भएको ‘द अन्नपूर्ण’ पुस्तकले नेपाललाई विश्वसामु परिचित गराएको बताउँदै मर्दी हिमाल पदमार्गलाई व्यवस्थित गरिनु पर्नेमा जोड दिए।
Related News
सम्बन्धित समाचार
बालुवाटार छिरे विप्लव
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फेदीखोलामा मजदुरलाई परिचयपत्र
hero news full width
मुख्य समाचार
सरकार–विप्लव सहमति : प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
फागुन २०, २०७७अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७