पोखरा । सिर्जनाचोकको फङ्की युनाइटेड क्लबले ८० केजी तौल समूहको कास्की जिल्लास्तरीय खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
लेकसाइड युथ क्लबको आयोजनामा लेकसाइड फुटसल एरिनामा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा भ्याली स्पोर्ट्स रामबजारलाई ४–३ गोलले पराजित गर्दै फङ्की युनाइटेडले उपाधि जितेको हो ।
उपाधिसँगै फङ्कीले २० केजीको भेँडा र प्रमाणपत्र हात पारेको छ । उपविजेता भ्याली स्पोर्ट्स क्लब रामबजारले १७ केजीको भेँडा र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटी केन्द्रीय उपाध्यक्ष विनोद गुरुङले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरे । सेमिफाइनलमा फङ्की युनाइटेडले आयोजक लेकसाइड एफसीलाई ५–० ले र भ्याली स्पोर्ट्स क्लबले केइआइसीलाई ४–२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।
उमेर समूहका आधारमा नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियागितामा १० टिमको सहभागिता थियो । ‘कोरोनासँग लडौं, स्वास्थ्य सुरक्षा अपनाऔं’ भन्ने मूल नारासहित कोरोना महामारीको बेला लामो समय शून्य बनेको खेलकुद क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । क्लबका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै प्रतियोगिताको आयोजना गरिएको हो ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि
टी–२० क्रिकेटमा चितवन विजयी
विरेन स्मृति बिटी कप जारी
एकै खेलमा ११ गोल
भलिबल उपाधि विधान स्पोर्ट्स हाउस वालिङलाई
hero news full width
मुख्य समाचार
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
फागुन १८, २०७७प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७