विश्वकप छनौट खेलमा अर्जेन्टिनाको बराबरी

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७७
Argentina fc

पोखरा, २८ कार्तिक । विश्वकप २०२२ को छनौट खेलमा अर्जेन्टिना बराबरी खेलेको छ । नेपाली समय अनुसार आज विहान पाराग्वेसँग भएको खेलमा १–१ गोलसहित बराबरी खेल्दै अंक बाडेको हो ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले यसमअघि दुई खेल जितिसकेको थियो ।

खेलको २१ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र मिगुएल आल्मिरोनलाई लुकास मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । पाराग्वेका एन्जल रोमेरोले पेनाल्टीमा सहज गोल गरेका थिए ।

खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाले जिओभानी लो सेल्सोको कर्नरमा निकोलस गोन्जालेजले हेडरमार्फत बराबर गोल फर्काएका थिए । उनी पहिलो हाफको ३१ औं मिनेटमा एजेकेल पालासिओसको स्थानमा मैदान प्रवेश गरेका थिए ।

लियोनल मेस्सी, लौटेरो मार्टिनेज, एन्जेल डि मारिया लगायतका स्टार खेलाडीसहित मैदान उत्रेको अर्जेन्टिनाले बराबरी खेल्दा ३ खेलमा ७ जोड्दै पहिलो स्थानमा छ । २ खेल खेलेर ६ अंक सहित ब्राजिल दोश्रो स्थानमा छ । ब्राजिलले नेपाली समय अनुसार शनिबार विहान ६.१५ मा भेनेजुयलासँग खेल्दै छ ।

आजकै अर्काे खेलमा इक्वेडरले बोलिभियालाई ३–२ ले हराएको छ ।

Related News

सम्बन्धित समाचार

    • पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि

      Avatar आदर्श समाज सम्वाददाता फागुन १७, २०७७
      पोखरा । पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं…
    • टी–२० क्रिकेटमा चितवन विजयी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १७, २०७७
      पोखरा । केएन स्पोर्टस् प्रालिको आयोजनामा सुपर जेनरल इन्टर क्लब टी–२० क्रिकेट लिग सुरु भएको छ । सुपर जनरल कम्पनीको मुख्य…
    • विरेन स्मृति बिटी कप जारी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १७, २०७७
      पोखरा । पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘विरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड फुटबल…
    • एकै खेलमा ११ गोल

      Avatar आदर्श समाज सम्वाददाता फागुन १७, २०७७
      पोखरा, १७ फागुन । पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथाैं विरेन स्मृति १४ औं बि.टी कप सेभेन…
    • भलिबल उपाधि विधान स्पोर्ट्स हाउस वालिङलाई

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाले स्वर्गीय महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि…

    hero news full width

    sanil ads

    wordlink ads