५ करोड १९ लाख कोभिड–१९ सङ्क्रमित

रासस
कार्तिक २७, २०७७
Coronavirus_world_2

बेइजिङ, २७ कात्तिक: विश्वभर पाँच करोड १९ लाख ७५ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरिएको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ३८ लाख चारहजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने भारतमा ८६ लाख ३६ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् ।

अमेरिका र भारतपछि बढी सङ्क्रमित भएका मुलुकहरूमा क्रमशः ब्राजिलमा करिब ५७ लाख, फ्रान्समा १९ लाख १४ हजार, रूसमा १८ लाख, स्पेनमा १४ लाख, अर्जेन्टिनामा १२ लाख, बेलायतमा १२ लाख र कोलम्बियामा ११ लाख र इटालीमा १० लाखभन्दा बढी सङ्क्रमित रहेका छन् ।

अमेरिकामा दुई लाख ४७ हजार ३९८, ब्राजिलमा एक लाख ६३ हजार ४०६ र भारतमा एक लाख २८ हजार १६५ व्यक्तिको मृत्यु भइसकेको छ ।

फ्रान्स,स्पेन, इटाली, बेलायत, मेक्सिको अर्जेन्टिना, जर्मनीलगायतका मुलुकमा पनि कोभिड–१९ सङ्क्रमित हजारौँ व्यक्तिको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width