पोखरा फुड डेलिभरीको सुभारम्भ

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७७
Pokhara Food

पोखरा, २७ कार्तिक । पोखरामा पोखरा फुड डेलिभरी कम्पनीको औपचारिक रुपमा सुभारम्भ भएको छ । सुभारम्भको अवसरमा पोखरा फुड डेलिभरीले पोखरा–१५ नयाँगाउँस्थित हिमालयन लाइफ नेपालमा आश्रित ५३ बालबालिकाहरुलाई खाना वितरण गरेको छ ।

कार्यक्रममा पोखरा फुड डेलिभरीका सञ्चालक प्रसिद्ध पालिखेले संस्थाको सुभारम्भको अवसरमा बालबालिकालाई खाना वितरण गर्न पाउँदा खुसी लागेको बताए । पालिखेले संस्थाको बारेमा जानकारी दिँदै भने, “हामी यस्तो प्लेटफर्म बन्न चाहन्छौ जहाँ मानिसहरु खानाको गुणस्तरमा भरोसा गर्न सकुन्, स्थानीय रेष्टुरेन्टहरुले स्थानीय सामग्री तथा खाद्यान्नको प्रवद्र्धन गर्दै सहज ढङ्गले बिक्री गर्न सकुन् ।”

सञ्चालक कृति श्रेष्ठले भनिन्–“व्यापार समाजमा गरिन्छ र हरेक व्यापारीको समाजप्रति सामाजिक उत्तरदायित्व हुन्छ” । यस कार्यको पोखरेली दाजुभाइले साथ पाउने अपेक्षा राख्दै व्यापार र समाजप्रतिको योगदानमा निरन्तर लाग्ने बताइन् ।

हिमालयन लाइफ नेपालका सञ्चालक चनमन श्रीमलले पोखरा फुड डेलिभरीलाई सफलताको शुभकामना दिँदै बालबालिकालाई खाना खुवाएकोमा डेलिभरीलाई धन्यवाद दिए ।

पोखरा फुड डेलिभरीमा यहाँ पोखराका १ सयभन्दा बढी रेष्टुरेन्टहरु सूचीबद्ध रहेका छन् । यस अनलाइन प्लेटफर्मबाट आफूलाई मनपर्ने खाना मोबाइल एपबाट वा पोखरा फुड डेलिभरीको वेवसाइटबाट अनलाइन अर्डर गर्न सक्छन् ।

पोखरा फुड डेलिभरीको मोवाइल एप र वेवसाइट www.pokharafooddelivery.com बाट अर्डर गर्न सकिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width