पोखरा ५ को वडादर्पण लोकार्पण

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७७
Ward 5

पोखरा, २७ कार्तिक । पोखरा महानगरपालिका वडा नं.५ द्वारा प्रकाशित वडा दर्पण अंक २ को लोकार्पण गरिएको छ । वडा बाल मञ्चका अध्यक्ष दीपिका भट्टराईले उक्त दर्पण लोकार्पण गरेकी हुन् ।

लोकार्पण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले विकास निर्माणसँग सम्बन्धित लेखहरु, वडाका तथ्य तथ्यांकहरु सहितको यो पुस्तक वडाबासीले हेर्नैपर्ने पुस्तक भएको चर्चा गरिन् ।

वडा नं.५ का अध्यक्ष धनबहादुर नेपालीले प्रकाशनलाई निरन्तर गरिने, भए गरेका कामहरुको लिखित दस्तावेजको रुपमा वडा दर्पण पुस्तक रहेको चर्चा गरे ।

कार्यक्रममा समालोचक श्रीकान्त खतिवडाले प्रकाशनको काम सामान्य नभएको, नागरिकको सूचना पाउने अधिकारलाई प्रकाशनले समेटेको र आगामी दिनमा वडा दर्पण प्रकाशन निरन्तर रहने विश्वास व्यक्त गरे ।

विभिन्न २२ वटा लेखहरु, विवरणहरु रहेको पुस्तकमा आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६, २०७६/०७७ मा सम्पन्न विकास योजनाहरुको विवरण समेत वडा दर्पणमा रहेको छ ।

वडा सदस्य उज्वल खत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत पुष्पराज बराल र संचालन अञ्जु केसीले गरेकी थिईन् ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width