गण्डकीमा १०६ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७७
covid 19 corona banner

पोखरा, २७ कार्तिक । गण्डकी प्रदेशमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा २४ जना, बागलुङमा ५ जना, गोरखामा २ जना, लमजुङमा ८ जना, मुस्ताङ र नवलपुरमा ३/३ जना, पर्वतमा ४ जना, तनहुँमा ४५ जना र स्याङ्जामा १२ जनामा संक्रमण देखिएको हो ।

कास्कीका संक्रमित पोखरा महानगरपालिका, बागलुङको बागलुङ नगरपालिका, ताराखोला र गलकोटका रहेका छन् । त्यस्तै, लमजुङका सुन्दरबजार र बेशीसहर, नवलपुरका कावासोती, पर्वतका मोदी र कुश्मा, तनहुँको व्यास, शुक्लागण्डकी, भानु र म्याग्दे तथा स्याङ्जाको वालिङका रहको छन् । मुस्ताङका संक्रमितको पालिका खुलाईएको छैन । गोरखाका संक्रमित गोरखा अस्पतालका हुन् ।

निर्देशनालयले जारी गरेको विज्ञप्तिमा पनि विभिन्न जिल्लाको पालिका र पालिकाको पनि वडा खुलाईएको छैन । जसअन्तर्गत पोखरा महानगरपालिकाको एउटा वडा खुलेको छैन । जसमा ७ जना संक्रमित छने । त्यस्तै मुस्ताङका संक्रमितको पालिका नै खुलेको छैन । नवलपुर जिल्लाको कावासोतीका ३ जना संक्रमितको वडा खुलेको छैन ।

त्यस्तै तनहुँको व्यास नगरपालिकाका १० जना संक्रमितको वडा खुलेको छैन । शुक्लागण्डकीको पनि २२ जना संक्रमितको वडा खुलेको छैन । भानु र म्याग्देका संक्रमितको पनि वडा खुलेको छैन ।

स्याङ्जामा वालिङका १२ संक्रमित रहेकोमा वडा खुलेको छैन ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ८ सय ९ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width