क्षत्रशक्ति सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा प्रेम

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७७
Prem Bahadur Thapa

लेखनाथ, २६ कात्तिक । पोखरा–२७, तालचोकस्थित क्षत्रशक्ति बचत तथा ऋण सहकारी संस्थाको बुधबार १० औं वार्षिक साधारण सभाले प्रेमबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

क्षेत्रगत भेलाबाट आएका प्रतिनिधिहरुको प्रतिनिधिमूलक भेलाले सर्वसम्वत रुपमा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सप्तबहादुर जिसी, सचिवमा सुवास खड्का, कोषाध्यक्षमा कृष्णप्रसाद तिमिल्सेना र सह–सचिवमा प्रकाश आचार्य रहेका छन् ।

उपाध्यक्ष, सहसचिव र सदस्यहरुमा सर्वसम्मत् नभएपछि निर्वाचन समितिको सहजिकरणमा निविरोध भएको समितिको सदस्यहरुमा नोमकान्त तिमिल्सेना, शालिकग्राम गौतम, रेखा बजगाई, प्रेमबहादुर थापा, गौतमी केसी,उमा लामिछाने र ज्योति केसी छन् ।

सोही भेलाले लेखा सूपरीवेक्षण समितिको संयोजकमा भूपेन्द्र विनायक थापा र सदस्यहरुमा सञ्जयबाबु भट्टराई र मित्रलाल बास्तोला चयन भएका छन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सहकारी महाशाखाका शाखा प्रमुख सागर खनालले सहकारी–सहकारीबीच सहकार्य गरी सामूहिक लगानीमा स्थानीय स्रोत र साधानको प्रयोग हुनेखालका उद्योगधन्दा संचालन गरी उत्पादनलाई बढावा दिनुपर्ने बताए ।

संस्थाका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रेमबहादुर थापा र संचालन सहसचिव सुवास खड्काले गरेका थिए ।

२०६७ सालमा ६६ जना शेयर सदस्यहरुबाट स्थापना भएको सहकारीले हाल १ हजार ८ सय ८६ शेयर सदस्यहरुबाट ४ करोड ३९ लाख ३३ हजार ७ सय पुर्‍याउन सफल भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width