प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७७
action room

काठमाडौँ, २६ कात्तिक । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन, रिपोर्टिङ तथा अन्य देखापरेका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एक्सन रुम तयार गरिएकाे छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’को निरीक्षण गरी यसलाई प्रभावकारी सञ्चालन गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले ‘एक्सन रुम’बाट हाल भइरहेका गतिविधि, सञ्चालनमा देखापरेका समस्या र प्रभावकारी कामका लागि तत्काल सुधार गर्नुपर्ने सवालबारे चासो दिए।

उपप्रधानमन्त्री पोखरेलले कर्मचारीलाई निर्देशन दिँदै भने,

“नतिजामुखी परिणाम दिनेगरी तत्काल समस्या समस्याको समाधानसहित एक्सन रुमको प्रभावकारी सञ्चालन गर्ने कार्ययोजना बनाउनुस् ।”

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत नतिजा व्यवस्थापन क्षेत्र हेर्ने सचिव डा. तीर्थ ढकालले ‘एक्सन रुम’का बारेमा जानकारी गराएका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width