राजश्व कार्यालय ३ दिन बन्द

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७७
Vat office Pokhara

पोखरा । कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै आन्तरिक राजश्व कार्यालय ३ दिनसम्म बन्द हुने भएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले मंगलबार सूचना जारी गर्दै सो जानकारी दिएका हुन् ।

पोखरेलले कर्मचारीहरुमा पीसीआर रिपोर्टमा पोजेटिभ देखिएपछि कर्मचारी तथा करदाताको स्वास्थ्य सुरक्षालाई ध्यान दिई कात्तिक २६ देखि २८ सम्म कार्यालयका सम्पूर्ण सेवा बन्द रहने जनाएका हुन् ।

कार्यालय बन्द हुने भएपछि यसबाट करदाताहरुमा पर्न गएको असुविधाप्रति कार्यालयले दुःख व्यक्त गरेको सूचनामा उल्लेख छ । सरकारी कार्यालयहरुमा अत्यधिक भिड लाग्ने कार्यालयहरुअन्तर्गत राजश्व कार्यालय पनि पर्दछ । गत असोज मसान्तमा यहाँ थामिनसक्नु भिड थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads