पुल शिलान्यास गर्दै मन्त्री बस्नेत । तस्वीर: श्रीभद्र पौडेल
हेमजा, २६ कात्तिक। गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले पूर्वाधारका कार्यलाई व्यवस्थित गर्ने बताएका छन् ।
माछापुच्छे गाउँपालिका ५ स्थित रिभान खहरे मोटरेबल पुलको मंगलबार शिलान्यास गर्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् । उनले सडक विकासको मेरुदण्ड भएको चर्चा गर्दै संघीय व्यवस्था लागू भएसँगै विकास निर्माणले तीव्रता पाएको दाबी पनि गरे।
प्रदेश सरकार अब काठेपोल विस्थापन गर्ने, ‘एक घर, एक धारा’ निर्माण गर्ने तथा आगामी २ वर्षभित्र आवश्यक ठाउँमा झोलुङेपुल निर्माण गर्ने तयारीमा रहेको स्पष्ट पार्दै मन्त्री बस्नेतले त्यसमा स्थानीयको सहयोग महत्वपूर्ण रहने औँल्याए।
प्रदेश सांसद रामजी बराल जीवनले गुणस्तरीय पुल निर्माणमा स्थानीयले चासो दिनुपर्ने बताए ।उनले साविकको सार्दिखोला र माछापुच्छे« गाविस जोड्ने गरी सेती नदीमाथि परिकल्पना भएको रातोपानी पुल निर्माणलाई पनि पूर्णता दिनुपर्ने जनाए। उनले विभिन्न कारणले मर्दीखोलास्थित पोखराको मुख्य खानेपानी मुहान ३ किलोमिटर माथि सार्नुपर्ने तर्क समेत गरे।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिकाले कुल १४ वटा मोटरेवल पुल प्रस्तावित गरी प्रदेश सरकारलाई पठाएको स्मरण गर्दै खहरेखोलामाथिको पुल निर्माणलाई जस्तै अन्य पुललाई पनि प्राथमिकतामा राख्न प्रदेश सरकारको ध्यानाकर्षण गराए।
उक्त अवसरमा भौतिक पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेश प्रमुख दिनेश घिमिरेले पुलको प्राविधिक पक्षका बारेमा जानकारी दिएका थिए।
उनका अनुसार पुल निर्माणको जिम्मा इन्द्रेणी फेवा जेवी पोखराले पाएको छ । जसको लागत ५ करोड ९८ लाख ३० हजार ६ सय छ । कुल ४० मिटर लम्बाइ र ८.४ मिटर चौडाइको हुने उक्त पुल आगामी असोज मसान्तसम्म सक्नुपर्ने समयसीमा छ।
पुल निर्माणसँगै गाउँपालिका सिदिङ, मोहरा, नयाँपुल, कुईवाङ, ताक्रो, सैतीखोलावासी लगायत वडा ५, ८ र ९ वासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
उक्त स्थानमा २०७४ साउन २४ मा पहिरो खसी खहरेखोलाले कुल ११ घर भत्काएर बगरमा परिणत गरेको थियो । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्ष जुमबहादुर गुरुङले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
इजलास छैन श्रीमानलाई,
टानको पदयात्रा प्रवद्र्धनात्मक कार्यक्रम – फाेटाे फिचरसहित
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
जग्गाको मालिक बन्दै भूमिहीन
जहाँ ओली त्यहिँ सूर्य चिह्न : मुख्यमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु
किन धुम्मिएकाे छ आकाश ? पहाडी भूभागमा आंशिक बदली
माघ ९, २०७७भारतमा जिलेटिन बोकेको ट्रक पड्किँदा ६ मजदुरको मृत्यु, सिरमको आगलागीमा ५ को ज्यान गयो
माघ ९, २०७७छतमै तरकारी फलाएर वर्षमा ८० हजारसम्म बचत
माघ ९, २०७७एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
माघ ९, २०७७कांग्रेसको वडावडामा विरोध प्रदर्शन
माघ ८, २०७७