रुपा बहुउद्देश्यीय सहकारीमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७७
Rupa Photo

पोखरा, २६ कात्तिक ।  रुपा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था, गगनगौंडाको १७ औं साधारण सभा एवं छैटौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि राजु खत्रीको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको छ ।  समितिको उपाध्यक्षमा राजकल्याण वड्गामी (राजन), सचिव कृष्ण पाण्डे र कोषाध्यक्ष विन्ध्येश्वरी शाही निर्विरोध चयन भए । त्यस्तै सदस्यमा दीपकराज ढेवाजू, अञ्जली पण्डित, दलबहादुर गुरुङ, ओमप्रकाश पाठक, जयराम श्रेष्ठ, प्रेम लिगल, मेनुका अधिकारी नेपाल रहेका छन् । लेखा संयोजकमा कमल थापा तथा सदस्य भोजराज खनाल र कमल सुवेदी चयन भए । २०५७ सालमा गगनगौंडामा स्थापित सो सहकारीले विभिन्न सहकारीसँग सहकार्यलाई अगाडि बढाउँदै शाखा विस्तार गरिरहेको छ ।

सहकारीको हाल शेयर पुँजी ७ करोड २० लाख ,निक्षेप संकलन ३६ करोड र ३२ करोड ऋण लगानी गरेको जनाइएको छ ।  उच्च प्रतिफल दिन सफल सो सहकारीको गत वर्षदेखि आफ्नै भवनमा कार्यालय सञ्चालन गरेको थियो ।
पोखरा–३०, गगनगौंडामा मुख्य कार्यालय रहेको सहकारीले मन्टेसरी समेत चलाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width