लागुऔषध सहित तीन युवक पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७७
Arrest

तनहुँ, २५ कार्तिक । जिल्लाको शुक्लागण्डकी नगरपालिका ४ कोत्रेबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका ४ निवासी २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका ५ निवासी ३० वर्षीय मनोज क्षेत्री र गोरखा आरुपोखरीथोक घरभई शुक्लागण्डकी नगरपालिका २ हलेदी बस्ने ३० वर्षीय रवि गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट १ सय ४ थान डाईजापाम, ८९ थान नुफिन र ९३ थान फेनरागन गरी कुल २ सय ८६ थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई लागूऔषध अन्र्तगत मुद्दा दर्तागरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width