पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा–६ (साविक लुम्ले–४) चन्द्रकोटस्थित संगम माविका विद्यार्थी तथा शिक्षकहरुलाई खेलकुद पोशाक (ट्रयाकसुट र टिसर्ट) वितरण गरिएको छ । यस्तै, धीरबहादुर गुरुङ स्मृति अक्षयकोषबाट गत वर्ष एसइईमा सर्वोकृष्ट अंक हासिल गर्न सफल दुईजना विद्यार्थीहरुलाई जेहेन्दार छात्रवृत्ति समेत वितरण गरियो ।
छात्रवृत्ति पाउनेहरुमा अन्नपूर्ण–६, लुम्लेका अञ्जु देवकोटा र अन्नपूर्ण–७, ह्वाँडीका सीता भण्डारी रहेका छन् ।
प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कँुवरले निजी विद्यालयको तुलनामा सरकारी विद्यालयहरुमा प्रतिविद्यार्थी राज्यको लगानी दशौं गुणा बढी रहेको भएपनि सो अनुरुप ग्रामिण भेकका अधिकांश विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको असन्तुष्टि व्यक्त गरे । उनले त्यसतर्फ शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अभिभावक लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।
गाउँपालिका शिक्षा इकाइ प्रमुख बलराम भुगाँईले विद्यालयले विद्यार्थी संख्यामा भन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे । उनले विद्यालयको शैक्षिक गुणस्तर उकास्नमा शिक्षकहरुको ठूलो भूमिका हुने भएकोले शिक्षकहरु थप जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
मञ्च अध्यक्ष नवीन गुरुङले पोशाक सौजन्यकर्ताहरुको साथै छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने भूपू जि.पं.स. धीरबहादुर गुरुङको परिवारजनप्रति धन्यवाद ज्ञापन गर्दै विगतमा जस्तै अगामी दिनमा पनि मञ्चले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै जाने लक्ष्य राखेको बताए ।
पूर्व विद्यार्थी मञ्चका सचिव लक्ष्मीनारायण देवकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका कार्यसमिति सदस्य एवम् अन्नपूर्ण गाउँपालिका वडा ६ का वडा अध्यक्ष चित्रबहादुर गुरुङले धन्यवाद मन्तव्य राखेका थिए ।
पूर्व विद्यार्थी मञ्चका आजीवन सदस्य संगम मावि चन्द्रकोटले संयोजन गरेको उक्त कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरु अन्नपूर्ण–७, ताञ्चोक घर भई हाल युके निवासी चन्द्रमान गुरुङ र अम्बले गुरुङ, अन्नपूर्ण–७, ह्वाँडी घर भई हाल फिलिपिन्समा कार्यरत शंकरमान गुरुङ र अन्नपूर्ण–७, तोमिजुङ्ग निवासी आशबहादुर गुरुङले पोशाक सौजन्य गरेका थिए । आफैले अध्ययन गरेको विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाई सहयोग गर्न पाएकोमा आशबहादुर गुरुङले खुसी व्यक्त गरे ।
कार्यक्रममा संगम माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जइबहादुर गुरुङ र विद्यालयका प्रअ टेकनाथ पोखरेलले सहयोगको लागि आभार प्रकट गरेको जानकारी पूर्व विद्यार्थी मञ्च संगम मा.वि. चन्द्रकोट कोषाध्यक्ष आश बहादुर गुरुङले दिए ।
Related News
सम्बन्धित समाचार
सिटिजन जुरी थप ७ जिल्लामा विस्तार हुने
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
इजलास छैन श्रीमानलाई
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
जग्गाको मालिक बन्दै भूमिहीन
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७