लेखनाथ । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचन सिलसिलामा उद्योग व्यवसायीहरु देश दौडाहामा छन् । यसैक्रममा नवलपुर, देवचुली उद्योग बाणिज्य संघको टोली सोमबार लेखनाथ आइपुगेको छ ।
संघको टोलीको स्वागत तथा छलफल कार्यक्रममा तीन उद्योग बाणिज्य संघका अध्यक्षहरुले आगामी दिनमा सहमति र सहकार्यका साथ अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा र नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले महासंघको चुनावले एकापसमा भेट्ने र मित्रताको भाव बढाउँदै अनुभव साटासाट गर्ने अवसर प्रदान भएको र यो सम्बन्ध चुनावका लागि मात्र नभई आागामी दिनका लागि झन् प्रगाढ हुने विश्वास दिलए ।
लेखनाथ उद्योग उद्योग बाणिज्य संघ अध्यक्ष बलराम ढकालले एकतामा नै बल हुने भएकाले एकताबद्ध भई उद्योगी व्यवसायीहरुको हितमा काम गर्न यस्ता किसिमका भेटघाट तथा छलफल फलदायी हुने बताए । उनले यस कार्यक्रमबाट आफूहरुलाई हौसला र थप सहयोग मिलेको धारणा राखे।
महासंघको चुनावमा गण्डकी प्रदेश प्रतिनिधि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका लेखनाथ उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष बाबुराम गिरीले सबैको सल्लाह र सुझाव अनुसार नै अगाडि बढ्ने बताए ।
महासंघको आगामी मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने ५४ औं वार्षिक साधारण सभा तथा अधिवेशन हुँदैछ ।