व्यावसायिक हकहितमा लाग्नेछु: उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष उम्मेदवार ढकाल

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७७
chandra dhakal

पोखरा, २५ कातिक । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालले आफू सधैँ व्यावसायिक हकहितकै पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चुनावी प्रचारका क्रममा विभिन्न जिल्ला दौडमा रहेका ढकालले पोखरामा भएको व्यवसायीहरुको भेलामा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

महासंघका उपाध्यक्ष समेत रहेका ढकालले वास्तविक व्यवसायी तथा सरोकारवालाले मात्रै महासंघको नेतृत्व गर्न सक्ने दाबी गर्द आफू त्यसका लागि सक्षम र दाबेदार रहेको बताए ।

उनले आफैले व्यवसाय गरेर उद्योगी व्यवसायीको वास्तविक समस्या बुझेको र अबको नेतृत्वमा पुगेपछि संस्थाको गरिमा र प्रतिष्ठा अझैं उँचो बनाउने काममा सशक्त भएर लाग्ने बताए ।

उनले भने, आधा शताब्दीभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।’

भेलामा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले यसअघि सो पदमा बस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफूहरुले धोका पाएको बताउँदै अबका जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपील गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार ढकालले महासंघ गण्डकीले स्थापना गरेको अक्षयकोषको लागि २ लाख रुपैयाँ बराबरको चेक महासंघ उपाध्यक्ष मोतीप्रसाद पौडेलले हस्तान्तरण गरेका थिए । पछि सो कोषमा ३ लाख थप्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width