दमौली । चितुवा आतङ्क बढिरहेको तनहुँको भानु नगरपालिकामा चितुवा गणना सुरु गरिएको छ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न डिभिजन वन कार्यालय तनहँुले जङ्गलमा रहेका चितुवा गणना सुरु गरेको हो ।
डिभिजन वन कार्यालयले अध्ययन टोली सहितले भानु वडा १ देखि ६ सम्म पर्ने जंगलको विभिन्न स्थानमा क्यामेरा राखेर अध्ययन सुरु गरेको कार्यालयका सहायक वन अधिकृत मनोज रानाभाटले जानकारी दिए ।
केही समय लगाएर जंगलमा रहेको चितुवासहित अन्य वन्यजन्तुको संख्यात्मक वृद्धि वा घटेको बारेमा टोलीले अध्ययन गरी संरक्षणको लागि कार्यक्रम अघि बढाउने उनले बताए ।
वन्यजन्तु हिड्ने जंगलको करिब ४ हजार २ सय हेक्टर वन क्षेत्रमा ३६ वटा बिन्दु पहिचान गरी ७२ वटा क्यामेरा जडान गरिएको छ । रानाभाटले भने,‘जंगलको विभिन्न भागमा दुवैपट्टि क्यामेरा जडान गरिएको छ । त्यहाँ रहेका चितुवा सहित अन्य वन्यजन्तु क्यामेरामा कैद हुनेछ ।’
उनका अनुसार चितुवासँगसँगै यसका आहारा प्रजाति पनि गणना हुनेछ । उक्त क्यामेरा १५ दिनसम्म राखिने भएको छ । जङ्गल क्षेत्रमा चितुवाको आहार लोप हुँदै जान थालेपछि चितुवा मानवबस्तीमा पसेर आक्रमण गर्न थालेको बताइएको छ । ‘जङ्गलमा पाइने चितुवाको आहारा सकिएपछि चितुवा आहारा खोज्दै बस्ती छेउछाउ आउन थालेको छ, जसकारण चितुवाले मानवमाथि आक्रमण गरेर ज्यान लिने गरेको देखियो,’ उनले भने ।
चितुवाको आक्रमणबाट १ वर्षभित्र जिल्लामा ६ जना बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये ३ जना भानु नगरपालिकाका हुन् । चितुवाको आहारा प्रजाति संरक्षणका लागि घाँसेमैदानको अवस्था अध्ययन, पोखरी संरक्षणलगायत कार्यक्रम समेत ल्याइने रानाभाटले बताए ।
Related News
सम्बन्धित समाचार
स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
hero news full width
मुख्य समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७