कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

रासस
कार्तिक २२, २०७७
k4

काठमाडौँ, २२ कात्तिक । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको सो पार्टीमा अहिले देखापरेका केही समस्या शीर्ष नेतृत्वले समाधान गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सात दशकअघि मुलुकमा प्रजातन्त्र प्राप्त भएपछि गठन भएका कुनै पनि सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेनन् । त्यसबाट उत्पन्न भएको अस्थिरताले देशको विकास निर्माणमा अवरोध आयो ।’ राजनीतिक स्थायित्व कायम गरी मुलुकमा सुशासन र समृद्धि प्राप्त गर्ने आधारमा भएको एकता कसैले चाहँदैमा विभाजन नहुने उनले बताए ।

मन्त्री श्रेष्ठले जनताको हितलाई केन्द्रमा राखेर पार्टी सङ्गठनका कार्यलाई समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । हरिकान्त पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री श्रेष्ठको अभिनन्दनसमेत गरिएको थियो । काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले विकास निर्माणका कार्यमा ठेकेदारबाट हुने ढिलासुस्ती तथा भ्रष्टाचारका कार्यलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width