बीमा गरेको एक महिनामै मृत्यु, परिवारले पाए ५२ लाख

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७७
union

पोखरा । स्पाइरल ग्यालेक्सी पोखराका प्राचार्य स्व. नारायणप्रसाद चापागाईँकी धर्मपत्नी शारदा अधिकारीलाई बीमावापतको रकम भुक्तानी गरिएको छ ।

चापागाईले गत असारमा मात्रै युनियन लाइफ इन्स्योरेन्समार्फत् ५० लाख रुपैयाँको बीमा गरेका थिए । उनले पहिलो किस्ताबापत ३ लाख ८० हजार बुझाएका थिए । त्यो १ वर्षको किस्ता थियो । अर्को वर्ष भने १ लाख ३० हजार ४ सय ४० रुपैयाँ बुझाए पुग्थ्यो । तर बीमा गरेको २६ औं दिनमै उनको स्वर्गारोहण भयो ।

उनको मृत्युपछि बीमावापतको ५२ लाख ५० हजार रुपैयाँ बराबरको चेक पोखराका मेयर मानबहादुर जिसीले उनकी धर्मपत्नी अधिकारीलाई हस्तान्तरण गरे । सोक्रममा मेयर जिसीले जीवन बीमा हुनेखानेले मात्र होइनकी हुँदाखानेले पनि नगरी नहुने अनिवार्य बचत हो भने ।

पोखरा १६ का वडा अध्यक्ष जीवन आचार्यले बीमामा बचत गर्ने बानीको विकासले परिवारको मुख्य सदस्य गुमाउँदा हुने आर्थिक क्षतिबाट न्यून गराउन र परिवारको आथिक सारथि जीवन बीमा रहेको धारणा प्रस्तुत गरे ।

चापागार्इँलाई बीमा गर्नु आवश्यक छ भनी एजेन्सी मेनेजर पुष्पराज पौडेलले प्रेरणा दिएको जनाइएको छ ।

युनियन लाइफ इन्स्योरेन्स गण्डकी प्रदेशका निर्देशक टुल्कनाथ आचार्यले अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लामाचौर शाखाका शाखा म्यानेजर सूर्य चापागार्इँ र सञ्चालन एजेन्सी म्यानेजर कृष्ण भण्डारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads