पोखरा, २१ कात्तिक । पोखरा–२२ लुकुमस्वाँरामा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिकाको १० लाख रुपैयाँमा निर्मिण सो केन्द्रको शुक्रबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । पुम्दीभुम्दी कृषिका लागि पकेट क्षेत्रको रुपमा चिनिँदैआएको छ ।
कार्यक्रममा मेयर जिसीले किसानका उत्पादन संक्रलन गरेर बजारमा बिक्री गर्ने जिम्मा महानगरले लिने बताए । संकलन केन्द्रमा संकलन भएको कृषि उपज बजार पु¥याउन १५ दिन महानगरले गाडीको भाडा उपलब्ध गराउने बताउँदै उनले भने, ‘केन्द्रको व्यवस्थापनको जिम्मा किसान आफैले गर्नुपर्छ । पहिलो चरणमा त्यसको ढुवानीको खर्च महानगरले व्यवस्था गर्छ ।’
उनले उत्पादित तरकारी प्याकेजिङ गरेर ब्राण्डिङ गर्ने काममा सहयोग गर्ने समेत बताए । ‘किसानको प्रतिफल पाउनुपर्छ र उपभोक्ताले पनि सस्तोमा तरकारी पाउने अवस्था सृजना गर्न महानगर तयार छ ।’
वडाध्यक्ष मित्रलाल बरालले कृषि क्षेत्रको विकासले सम्भव हुने बताउँदै वडामा उत्पादन भएका सामाग्रीले बजार र मूल्य दुवै पाप्त गर्ने बताए ।
पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले किसानले उत्पादन गर्ने वस्तु सोझै उपभोक्ताले खरिद गर्ने गरी किसान बजार सञ्चालनमा ल्याएकोे बताए । उनले केन्द्रमा किसानले ल्याउने वस्तुहरु कुहिन र बिग्रिन नदिन कोलस्टोरको समेत व्यवस्था गर्ने बताए ।
नेपाली काँग्रेसका नेता खेमराज पौडेलले संकलन गर्नेभन्दा बजारमा बिक्री गर्ने विषयमा ध्यान दिनुपर्ने बताए ।
कृषि सञ्जाल पोखरा २२ का अध्यक्ष खेमराज बरालले किसानले उत्पादन गरेका सामाग्री बिक्री गर्न समस्या रहेकोमा अब केन्द्र स्थापनाले सहज हुने बताए ।
रातिपोखरी कृषि उपज संकलन केन्द्र तथा बिक्री केन्द्र सञ्चालक समिति अध्यक्ष अग्निमाया बरालको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।
Related News
सम्बन्धित समाचार
कास्कीमा खुल्यो कृषि ज्ञान केन्द्र
अन्नपूर्णमा कुखुरापालन तालिम
सबै खर्च किसानको पक्षमा छ: मन्त्री लेखबहादुर थापा
बिउका लागि लेखनाथमा आलु खेती
गण्डकी काउ फार्म: सम्झौताको वर्ष बित्यो, काम शून्य
hero news full width
मुख्य समाचार
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
फागुन १८, २०७७फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
फागुन १८, २०७७प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७