पोखरा । संघीय संसद्मा नेपाली काँग्रेसको कोटामा रिक्त सांसद पदमा मोहनप्रसाद पाण्डे आउने भएका छन् ।
समानुपातिकतर्फबाट सोमबार संघीय सांसद सूर्यबहादुर केसीको निधन भएसँगै सो पद रिक्त भएको छ । पाण्डे काँग्रेसका महासमिति सदस्य समेत हुन् ।
केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका थिए । निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीमा केसीपछि पाण्डेको नाम रहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेसबाट खस आर्य पुरुषमध्ये पाँच जना सांसद बनेका थिए । त्यतिबेला पाण्डेको नाम छैटौं नम्बरमा थियो ।
स्याङ्जा निवासी पाण्डे २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा–३ बाट निर्वाचित भएका थिए । २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४८ सालमा नेविसंघका केन्द्रीय सदस्य बनेका थिए ।
Related News
सम्बन्धित समाचार
मोतिपुर करिडोर काण्ड: अर्थमन्त्री र उद्योगमन्त्रीको भागाभाग
नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
बालुवाटार छिरे विप्लव
विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७